बुटवल,३१ भदौ ।
पुर्वपश्चिम राजमार्गमा परेका खाल्टाखुल्टी मर्मत गर्न माग गर्दै
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेयले सडक डिभिजन कार्यालय बुटवलको ध्यानाकर्षण राएका छन् ।
सडकमा परेको खाल्डाखुल्डीले दुर्घटनाको जाेखिम बढेको र
धुलाेधुवाँले मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको भन्दै
तत्काल सडक मर्मतकाे माग गर्दै वडाअध्यक्ष पाण्डेले सडक डिभिजन कार्यालयकाे ध्यानाकर्षण गराएका हुन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना कलौंनी चोकमा खाल्टाखुल्टी पर्दा दैनिक जसो सवारी दुर्घटना भएकाले सडक मर्मतको लागि सडक डिभिजन कार्यालयकाे ध्यानाकर्षण गराएको वडा अध्यक्ष पाण्डेयले जानकारी दिए ।
वडा अध्यक्ष पाण्डेले बुधबार डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन।
ध्यानाकर्षण पत्र बुझाउँदै वडा अध्यक्ष पाण्डेले अविरल वर्षा पछि सडकमा खाल्टा खुल्टी परेको र घाम लाग्दा सडक धुलाम्य भएर कलौंनी बजार नै प्रदुषीत बनेकोले तत्काल सडक मर्मतको व्यवस्था मिलाउन आग्रह गरे ।
सडकमा खाल्टाखुल्टी हुँदा राजमार्गमा हिड्ने यात्रुले समेत सास्ती खेप्नु परेको उनले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मरासिनीले सडक मर्मतको लागि ठेक्का प्रक्रियामा गएको र दशैं अघि सडक मर्मत हुने जानकारी गराए ।
एक महिना अघि मिस्कट राखेर खाल्टाखुल्टी पुरे पनि अहिले अवस्था उस्तै भएको पाण्डेयले बताए ।
पुर्वपश्चिम राजमार्गको ठाउँ ठाउँमा खाल्टा खुल्टी परेको छ । यसले गर्दा यात्रुले सास्ती पाएका छन भने सवारी दुर्घटना पनि बढेको छ ।
.






