बुटवल,३० भदौ ।
नव नियुक्त श्रम,राेजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगाले आज पद बहाली गरेकी छन् ।
एक महिना अघि बिनाबिभागीय मन्त्रीमा नियुक्त भएर मंगलबार मात्रै श्रम,राेजगार तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाएकी ढेँगाले आज पद बहाली गरेकी हुन् ।
पद बहाली गर्दै मन्त्री ढेँगाले मन्त्रालयका लागि आवश्यक बजेट माग गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेकी छन् ।
प्रदेशमा यो मन्त्रालय नयाँ भएकोले मन्त्रीले मन्त्रालयका लागि आवश्यक बजेट माग गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका सचिव कुमार दाहालले जानकारी दिए ।
मन्त्री ढेँगालाई जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पाेखरेल,पार्टीका नेता अशोक यादव सहित मन्त्राललयका कर्मचारीहरूले स्वागत गरेका थिए ।






