बुटवल,३० भदौ ।
लुम्बिनीका क्रियाशील पत्रकार बिन्दु कुमार चौहानको निधन भएको छ । उनको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) मा उपचारका क्रममा गएराति साढे १२ बजे निधन भएको हाे ।
बिगत २ दशकदेखि लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका चाैहान निमोनिया देखिएपछि चौहान ३ दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भिर भएसँगै उनलाई युसिएमएसमा रिफर गरिएको थियाे ।
उनी बुटवल स्थित बुद्ध टेलिभिजन,बुटवल टुडे,एबिसी टिभि लगायतमा कार्यरत थिए । चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य हुन्।
४५ वर्षिय चौहानका १ श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन् । उनको अन्तिम संस्कार स्थानीय कोठी नदिमा गरिने पारिवारिक श्रोतले जनाएको छ।
पत्रकार सम्बद्ध संङघ संस्थाहरूले चाैहानको निधनमा दु:ख ब्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पोख्रेलले चौहानको निधन प्रति दुखः ब्यक्त गरेका छन् । उनले स्वाभिमानी र निडर सहकर्मीलाई गुमाउनुपरेको बताए ।






