बुटवल,६ भदौ ।
लियो क्लव अफ बुटवल गोल्डेन जुव्लिले वेवारिसे सडक तथा अनाथ बालबालिका को संरक्षण संस्था सि.आइ.एन. नेपालमा रहेका बालबालिका बिच रक्षावन्धन कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवमा आवद्ध महिलाहरुद्वारा त्यहाँ आश्रीत बालबालिकाहरुलाई राखी र रक्षावन्धन बाँधेर एक आपसमा खुसी साटासाट गरेर मनाइएको क्लवका मिडिया डाइरेक्टर जिवन थापा क्षेत्रीले जानकारी दिए ।

क्लवका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता र लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका कोषाध्यक्ष गोविन्द वन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्यालले हिन्दुहरूको महान चाड जनैपुर्णिमा तथा रक्षा वन्धन पर्वमा वाधिने राखी केवल हातमा सजाउने मात्र नभएर त्यो राखीले दिदि भाइको सम्बन्ध अझ गाढा र प्रगाढ बनाउने भएकाले बालबालिकाबिच कार्यक्रकको आयोजना गरिएको बताए ।

कार्यक्रम संयोजक पवित्रा भुषालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका एरिया ४ का रिजन को–अर्डिनेटर सन्तोस खरेल, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपाल रिजन १८ का रिजन चेयर पर्सन किरण सिंग थापा लगाएतको आतिथ्यता रहेको क्लवका सचिव महेश ज्ञवालीले जानकारी दिए ।