hg} k"l0f{dfsf] lbg j+unfd'vL dlGb/sf] d'Vo k|j]zåf/ sf]/f]gf dxfdf/Lsf] sf/0f jGb ul/P kl5 eGthgx? dlGb/sf] cuf8L /x]sf] wf/fdf 8f]/f tyf hg} nufpb} . t:jL/ Mk|bLk/fh jGt,/f;;

बुटवल,६ भदौ ।
हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज जनै धारण गरेर, रक्षा बन्धन बाँधेर मनाइँदै छ ।

जनै पूर्णिमाको अवसरमा काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासुत्र बाँध्न भक्तजनहरुको भीड लागेको छ ।

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले आजको दिन नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरि ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोसुक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासुत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ ।

आजको दिनमा बाँधिएको रक्षाबन्धन तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकाले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ ।

त्यही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासुत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।

आजकै दिन तराई मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।