रुकुम,४ भदौ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँखको ठूलीदहमा डुबेर एकै घरका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनका भाइ १७ वर्षीय प्रेमबहादुर थापा रहेका छन् ।
उनिहरुको शुक्रबार दिउसो ठूलीदहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दहबाट दाजुभाइको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
पौडी खेल्ने क्रममा दाजुभाइ दहमा डुबेको प्रारम्भिक अनुसन्धानबाट पाइएको प्रहरी निरीक्षक शर्माले बताए ।









