वीरगञ्ज,४ भदौं ।
राजसंस्था पुनर्थापनाकाे माग गर्दै वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल राष्ट्रवाद संघकाे आयोजनामा भएको प्रदर्शनमा‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्ने नारा लेखिएको व्यानर सहित प्रदर्शन गरेका हुन् । राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित संघले विभिन्न गतिविधि गर्दै आएको छ ।
रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए ।
प्रदर्शनमा एमसीसीको समेत विरोध गरिएको थियो । प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गणतन्त्रको विरोध गर्दै उनीहरुले राज संस्थाको समर्थनमा नाराबाजी समेत गरेका थिए ।
बिरगंजकाे घण्टाघरबाट निकालिएको र्याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।






