पाणिनी गाउँपालिका वार्ड ८ का स्वतन्त्र नागरिक अभियानका संयोजक तथा युवा ब्यावसायी अभिमन्यु पोखेलले स्थानीय तहमा नयाँ सोच र इच्छाशक्ति भएको नेतृत्व आउन पर्ने बताएका छन्।
स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा स्थानिय निकायमा सोछे जस्तो काम हुन नसकेको भन्दै स्थानीय सरकारले साच्चिकै भिजन र इच्छाशक्ति भएको नेतृत्व मात्रै पाए मात्र समृध्द गाउँपालिका र सुखी जनता बनाउन सकिने बताएका छन् ।
स्वास्थ्य शिक्षा कृषि उत्पादन बृध्दी बजारिकरण र रोजगारी बारे सामाजिक संजाल बाट उनले लेखेका छ्न: भारत लगायत खाडि मुलुकमा गएका युवापंक्ति लाई सार्वजनिक रुपमै अपिल गरि आफ्नो गाउँ फर्काउने र गाउमै रहेका वेरोजगार युवालाइ पनि कृषि उत्पादन सम्बन्धी तालिम सुरु गर्ने,तालिम सन्चालनको लागि आवश्यक बिज्ञ गाउपालिकाले हायर गर्ने जसको सहयोत मार्फत कृषी तालिम मात्रै होइन बीउ छनोट व्यवसायीक उत्पादन ,हावा पानी देखि माटोको क्षमता पहिचान गरि सम्भाव्यताको खाका कोर्ने र पकट एरिया घोषित गरि तदअनुसार युवालाइ प्रेरित गरि उत्पादन सुरु गराइ निरन्तर कोडिनेट गर्ने गराउने जसले उत्पादनमा ग्यारेन्टी बनाउने छ र हौसला प्रधान गर्ने छ ।
उत्पादित कृषी उत्पादनलाई जवसम्म वजारिकण गरिदैन तवसम्म आम्दानी नहुने भएकोले उत्पादन कर्तालाइ बजारीकरण को झमेलाबाट मुक्त बनाउनको लागि गाउको कनेक्टिभिटी बजार र बजारको कनेक्टिभिटी गाउँ सम्म तिनै कृषको लगानि हुने गरि बृहत गाउपालिका स्तरीय सहकारी स्थापना गरि कृषकको लगानी कृषको मेहनत र कृषको आम्दानी नारा नै स्थापित गरि सन्चालनमा ल्याउने जसले उत्पादन बजार सम्म पुर्याउनु का साथै कम्तिमा ४० जनाको रोजगारी पनि ग्यारेन्टी गर्नेछ ।
भिजन र इच्छा शक्ति मात्रै भएको नेतृत्व, गाउपालिकाले पाएको ६ महिना भित्रैू माथी उल्लेखित कर्मले कम्तिमा १००० परिवार स्वरोजगार बनाउने लक्ष गाउपालिका राख्यो भने गाउँ आत्मनिर्भर, कृषि जन्य उत्पादनमा हुन्छ र यसमा जोडिने संख्या बडाउनको लागि उत्पादनको आधारमा अनुदान प्रदान गर्यो भने जनताको स्तरमा सुधार केही गरे केही पाइन्छ भन्ने प्रेरेणा र स्वाभिमानको महसुस जन स्तरमा देखिने गरि स्पष्ट हुनेछ ।
उत्पादन, बजारिकरण र आम्दानीले कृषि क्षेत्रमा क्रान्ती ल्याउन उलेखित बुदामा कमि भए गाउँपालिका स्तरिय सभा गोस्ठी तालिम र विषयगत विज्ञको सुझाब अन्तरास्टिय कृषी प्रबिधि सम्पुर्णको प्रयोग गरि टोल टोलमा उत्त्सव कै रुपमा केन्द्रित हुनेगरि गाउपालिकाको नीति तथा कार्यक्रम मै उल्लेखित गरि तदारुकता साथ कार्यनयन गराउन सकिन्छ ।
सुझबुझको साथ बिधालय राजनीति भन्दा माथी देशका दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो भन्ने बुझी राजनीति निशेध गरि जनप्रतिनिधिकै सहकार्यमा नियमीत निगरानी शिक्षकलाइ हौसला र अभिवावकलाइ सहकार्य गरि नियमित बिद्यार्थीको उपस्थिती ,होमक चेक र एकदिन पनि बिद्यार्थी स्कुल आएन भने कलास टिचरले घरमा फोन र सकेसम्म स्कुल बसको ब्यवस्थापन गरे मात्रै शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ ।
स्वास्थमा लगानी जसरी अहिले भएको छ त्यसरी पर्याप्त छैन तर स्वास्थ सेवा अहिले नागरिकले जसरि उपयोग गरेका छन त्यसलाइ सुधार गर्दै नियमित स्वास्थ चेक जाच स्वस्थ आहार र सरसफाइ सम्बन्धि अभियान नै चलाउन सकिन्छ जसले रोग लाग्न भन्दा पहिला रोगवाट बच्न सकिन्छ र बिस्तारै कम्तीमा दुइ गाउपालिकाको सहकार्यमा आधुनिक हस्पिटल सुबिधा सम्पन्न बनाउन जनताको,गाउपालिकाको र केन्द्रिय सरकारको पहलमा सम्भब छ ।
स्थानीय स्तरमा यो सुबिधा सम्पन्न अस्पताल नहुन्जेल कम्तिमा सुबिधा सम्पन एम्बुलेन्सहरुको ब्यवस्थापन मात्रै गर्यौ र समयमै सम्बन्धीत बिरामिलाइ सुबिधासप्पन्न हस्पिटल पुराउन सक्यौ भने पनि केही सहजता हुनेछ। त्यसको लागि जनप्रतिनिधि को इच्छाशक्ति, इमानदारिता र भिजन चाहिन्छ लेखेका छन।
लुम्बिनी पाटी सङ्ग कुरा गर्दै स्थानीय निकायको सुदृढ र बिकासको लागी नेतृत्व लाई आवस्यक दवाव पुर्याउन निरन्तर आवाज उठाउनु पर्ने बताएका छन।






