बुटवल,२६ साउन ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल – पाल्पा सडक खण्डमा पर्ने तिनाउ हाइड्रो पावरको हेडबक्स नजिकबाट एक स्कार्पियो जिप तिनाउमा खस्दा ४ जना घाइते
पाल्पाबाट बुटवल तर्फ आउदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो जिप तिनाउ नदिमा खसेको हो ।
गुडिरहेको गाडीमाथि मंगलबार बिहान करिब १० बजे ढुंगा खसेपछि जिप तिनाउ नदिमा खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।