बुटवल,१ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं ४ आदर्शनगरमा शनिदेवसहित हनुमान र गणेश मूर्तिकाे प्राण प्रतिस्ठा गर्ने कार्य सुरु भएको छ ।
संसारीमाई समितिकाे व्यवस्थापनमा प्राण प्रतिस्ठा गर्न लागिएको मूर्तिलाई बिहीबार बुटवल बजार परिक्रमा गराई बिशेष पुजा आरधना गरिएको समितिका अध्यक्ष संसारीमाई समितिका अध्यक्ष महेन्द्र मल्लले जानकारी दिए ।
तीनदिनसम्म विधि विधान अनुसार पुजा आरधना तथा अनुष्ठानसँगै शनिबार मुर्तिकाे अनावरण गर्ने तयारी भएको समितिका प्रमुख संरक्षक तथा सल्लाहकार नारायण नागिलाले बताए ।
स्थानीय चन्दादाता तथा विभिन्न व्यक्तिहरूकाे दानबाट निर्माण गरिएका मूर्तिलाई अनावरण कार्यक्रमलाई भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको समितिले जनाएको छ ।






