नवलपरासी,२६ साउन । मोटरसाइकलको ठक्करबाट नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) काे मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्ले रहेका छन् । माेटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवामा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।