बुटवल,२३ साउन ।
रोटरी क्लव अफ तिलोत्तमा र उसका स्पोन्सर क्लवहरुको आयोजनामा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ स्थित बुद्ध सामुदायिक बन भित्र रहेको गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण गरिएको छ ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही र उसका स्पोन्सर क्लवहरु रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनको संयुक्त आयोजनामा धुपि लगायतका ५० थान बिरुवा रोपिएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले जानकारी दिए ।

त्यस ठाउँलाई रोटरी÷रोट्रयाक्ट पार्क बनाउने योजना सहित बृक्षारोपण गरिएको उनले बताए ।

उनले रोपिएका बिरुवाको निरन्तर निगरानी तथा संरक्षण गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

उद्यानकी सचिव राधिका अर्यालले पार्कमा बृक्षारोपण गरेकोमा धन्यवाद व्यक्त गर्दै बिरुवा रोप्ने मात्रै भन्दापनि रोपिएका बिरुवाको संरक्षणको आवस्यकता भएको बताइन् ।

कार्यक्रमको संयोजन गरेको रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष सुनिल गिरीले क्लवको पहिचान हुनेगरी पार्क निर्माण गरिने बताउँदै वातावरणी हिसावले पनि बृक्षरोपण महत्वपूण भएको बताए ।

कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनका अध्यक्ष सरोज खनाल, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल, रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सहसचिव अर्जुन आचार्य लगायतले बृक्षारोपणको महत्व र रोपिएका बिरुवाहरुको संरक्षणबारे आ आफ्नो भनाई राखेका थिए ।