काठमाडौं,१६ असाेज ।
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको हो ।

मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

नियुक्तिसँगै उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन,आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने मन्त्रालयकाे अपेक्षा छ ।