काठमाण्डौ,२३ साउन ।
नेपालमा शनिबार थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ नमुना परिक्षण गर्दा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ८० हजार ८०० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ६७ हजार २७० जना संक्रमित निको भइसकेका छन् ।
नेपालमा अहिलेसम्म १० हजार ३८ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४३२ रहेको मन्त्रालयले जनाएको छ ।







