काठमाण्डौ,१७ साउन । आज देशका पश्चिमी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जनाएकाे छ ।

मौसमविद् सजिना शाक्यका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । देशका अन्य प्रदेशमा भने हल्कादेखि मध्यमखालको वर्षा हुने उनलेे बताए ।

प्रदेश-१ मा अहिले पनि पानी परिरहेको मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पछि पानी पर्ने सम्भावना छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएकोले अबकाे एक/दुई दिन नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।