बुटवल,१६ साउन ।
बुटवल उपमहानगरपालिकाका २२ सहित रुपन्देहीमा शनिबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३९६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २२ जना,सिद्वार्थनगर नगरपालिकाका ७ जना,देवदह नगरपालिकाका ५ जना,
सैनामैना नगरपालिकाका ३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिका,सुद्वाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार २२९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार ३३५ जना काेराेना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५१६ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७८ रहेको छ ।