नेपालगन्ज,१३ साउन ।
कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाही रहेका छन् ।
नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना ७ ख ९५१६ नम्बरको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चक्र शाहीले जानकारी दिए ।









