-बिमलराज भट्टराई
स्वर्गीय द्रोणराज जोशीको अगुवाई माभारतको गोरखपुर जेसीजले बुटवल जेसीजलाई मातृत्व प्रदान गरेर नेपालमा जेसीज स्थापनामा ठूलो गुन लगाएको छ । गोरखपुर जेसीजसग बुटवल जेसीजको संस्थागत भगिनी सम्बन्ध रहेको छ। बुटवल जेसीजको स्थापनापछि नेपाल जेसीजको आन्दोलनमा थप योगदान मात्र होइन, यसको माध्यमबाट १८ देखि ४० वर्षसम्मका युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास सामुदायिक र अन्तर्राष्ट्रीय सम्बन्धको अभियानमा थप लागि रहेको छ । यस्को स्थापना भूमिका र योगदान अग्रणी रहेको तथ्य प्रमाणित भइसकेको छ ।

पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक स्थल, पूर्व मेचीदेखि महाकालीसम्मको संगम र सुगम केन्द्रविन्दु, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नामले पुकारिने लुम्बिनी अञ्चलको सदरमुकाम बुटवल नगरी सन् १९७४ मा स्थापना भएको जेसीज अझै थप जागर सहित बढ्नुपर्ने बेला आएको छ । विश्वव्यापी युवा नेतृत्व विकासको उद्देश्यबाट सञ्चालित जेसीज आन्दोलनलाई नेपाल भित्र्याउनमा नेपाल जेसीजका संस्थापक अध्यक्ष डा. श्री भेषबहादुर थापाज्यूको सहासिक योगदानप्रति नेपालका सम्पूर्ण जेसीजमनहरुले सम्मान र आभार व्यक्त नगरिरहन सक्दैनन् ।
नेपाल जेसीजको एउटा सदस्य शाखाको हैसियतले बुटवल जेसीज सदा जेसीज आन्दोलनलाई अगाडि बढाउन शहर बजारमा मात्र नभएर गाउँघरमा पनि पुर्याई त्यहाँ रहेका युवाहरुमा जागरुकता जेसीजम ल्याउनुपर्ने देखिन्छ । यस्तै धारणाबाट प्रेरित भएर बुटवल जेसीजले सन् १९९६ मा बुटवल महिला जेसीजको (संस्थापक रेखा कट्टेल)स्थापना समेत गर्यो । सन् २००० मा रामग्राम जेसीज,(सं श्याम बस्याल) २००३ मा भलवारी जेसीज, (सं कृष्ण पुरी)२०१५ मा सैनामैना जेसीज (सं राम प्रसाद अधिकारी) र देवदह जेसीजको( सं बिजय गुरूंग),स्थापना गरेको हो ।
यसरी बुटवल जेसीजले आफ्नो संस्थागत स्वरुप र क्रियाकलापमा राष्ट्रव्यापी क्रियाकलापलाई अगाडि बढाइरहेको छ । नेपाल भित्र र नेपाल बाहिर पनि जेसीज आन्दोलनलाई क्रमशः व्यापक र विस्तार गर्दै लैजाने दिशातर्फ उन्मुख छ। बुटवल जेसीजले ४८ वर्षमा खेलेको भूमिका उत्पादनशिल सिर्जनात्मक क्रियाकलापमा पनि आन्दोलनकै रुपमा उत्कृष्ट संस्थाको पहिचान बनाउन सकेको छ ।
प्रारम्भदेखि नै बुटवल जेसीजले नेपाल जेसीजमा आफ्नो संलग्नता प्रदान गर्दै कुशल नेतृत्वको प्रदर्शन गरेको कुरा कसैबाट छिपेको छैन। जेसीज अभियानलाई अगाडि बढाउन बुटवल जेसीजबाट पुयाएको योगदान छर्लङ्ग हुन आउँछ ।
बुटवल जेसिजकाे संस्थापक बोर्ड
१. अध्यक्ष दोर्णराज जोशी
२. उपाध्यक्ष श्री कशुमकुमारी लाकौल
३_सचिव श्री मदन पौडेल
४-कोषाध्यक्ष श्री पर्शुराम शाक्य
५- सदस्य सुश्री वसन्तलक्ष्मी श्रेष्ठ
६-सदस्य सुश्री इरादेवी थैव
७-सदस्य श्री मोहम्मद हारुन अन्सारी ८-सदस्य श्री वसन्तध्वज जोशी रहनुभएको थियो। बुटवल जेसीज अहिले बुटवलको जेसीज चोक स्थित आफ्नै भवनमा अबस्थित छ।
(जेसी बिमल राज भट्टराई पूर्ब अध्यक्ष २००९)