बुटवल,१२ साउन ।
बुटवल उपमहानगरपालिकाका १५ सहित रुपन्देहीमा मंगलबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३४ जनाको पिसिआर परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १५ जना,तिलोत्तमा नगरपालिका ११ जना,देवदह नगरपालिकाका ३ जना, सैनामैना नगरपालिका,कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका २/२ जना तथा सुद्वाेधन गाउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार ८१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३६ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार २०५ जना काेराेना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या शून्य रहेको छ ।
हालसम्म रूपन्देहीका ५१३ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३६३ रहेको छ ।