काठमाडौ,१२ साउन ।
नेपालमा थप मंगलबार थप ३ हजार ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या सात लाख ४२ हजार नाघेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना काेराेना संक्रमित निकाे भएका छन भने २० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म काेराेना संक्रमित मृतकको संख्या ९ हजार ७५८ पुगेको छ।
अहिले कुल परीक्षणको झन्डै २२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत संक्रमितको मृत्यु भएको छ।
हाल देशभर कुल २८ हजार ८०० जनाभन्दा केही बढी सक्रिय संक्रमित रहेका छन्।
तीमध्ये २५ हजार ९३८ जना घरमा तथा २ हजार ८९८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
जसमध्ये ६११ जना विभिन्न अस्पतालका आईसीयूमा र १७१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।







