रुकुम,१२ साउन । रुकुम पश्चिममा गए राति एक युवतीको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ । हत्या हुनेमा त्रिबेणि गाउँपालिका– ४ छहरेकी २६ वर्षीया मनकला खत्री खड्का रहेकी छन् ।
राती भैँसीलाई घाँस दिन घरबाट गोठ तर्फ गएकी मनिषालाई अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।
घटना बारे आवश्यक अनुसन्धान शुरु भएको रुकुम पश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठले प्रहरीले जानकारी दिए ।
आफै घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का तयार गरेको बताउँदै श्रेष्ठले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर झिकाइएको जानकारी दिए ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताईएको छ ।








