दाङ,१२ साउन । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
रा ६ प ७२५ नम्बरको मोटरसाइकल गयराती सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा खस्दा त्यसमा सवार चूडामणि भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भण्डारी तुलसीपुर उपमहानगरपालिका-१०, राइखल्यान निवासी हुन् ।

बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनि कति बजे दुर्घटनामा परेका हुन भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले भण्डारी जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।