काठमाडौं,११ साउन । नेपालमा साेमबार थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ र ५ हजार ३२ एन्टीजेन परीक्षण गर्दा १ हजार ३० गरी ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ४५ हजार ३०१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टाना देशभर २५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ हजार ७३८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६७७, ललितपुरमा १९७ जना र भक्तपुरमा १२५ जना रहेका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६, नवलपरासी पूर्वमा १०५ र चितवनमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरमा ८४, कास्कीमा ६२, धादिङमा ६१, रुपन्देहीमा ५३, काभ्रे र सिन्धुपाल्चोकमा ३०/३० जना, नुवाकोटमा २९, धनकुटा र रामेछापमा २१/२१ जनामा कोरोना संक्रमण देखिएको छ ।
बागलुङमा १८, इलाममा १७, दाङमा १६, अर्घाखाँचीमा १४, पाल्पामा १२ र नवलपरासी पश्चिममा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







