बुटवल,११ साउन ।
बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा साेमबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४५६ जनाको पिसिआर परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका २४ जना,तिलोत्तमा नगरपालिका १४ जना,देवदह नगरपालिकाका ४ जना, सिद्धार्थनगर नगरपालिकाका २ जना, सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप २८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार १६९ जना काेराेना संक्रमित निको भइसकेका छन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएको छ भने यसअघि मृत्यु भएर गणना हुन छुटेका १ सहित २ जना काेराेना संक्रमितको मृत्युु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५१३ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३६३ रहेको छ ।