नेपालमा हालका मुख्य पुराना नेताहरु मध्ये डा. बाबुराम भट्टराई सदाचारी जिन्दगी जिउने र अव्वल अर्थशास्त्रीय दृष्टिकोण राख्ने आलोचनात्मक चेत बोकेका आम नागरिकको नजरमा अलिकता आशा भरोसा कायम भएका नेता मध्ये एक हुन ।
(केही दिन अघि डा.बाबुराम द्वारा अलग दुई धर्म सस्कृती सङ्ग सम्बन्धित ट्विटरमा ब्यक्त बिचार)
ज्ञान बिज्ञानमा दख्खल राख्ने भएका कारण उनका द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण माथी धेरै मानिसको बिमती छैन तर आध्यात्म बिज्ञानको अर्थ र मर्म नबुझी बारम्बार नेपालको मौलिक सनातनी धर्म सस्कृती माथी उनको निरन्तरको प्रहार बुझी नसक्नु छ।

टोपी दौरा सुरुवाल नागरिकता माथि उनका आपत्तिजनक टिप्पणीहरु बहुजातीय/ राष्ट्रिय राज्य प्रती को पक्षधरताले उनको बिगतको राजनैतिक जीवनमा धेरै नै प्रश्न उठाएको छर्लङ्ग छ भने हिन्दु धर्म सस्कृतीमाथी बारम्बारको प्रहारले कतै जानी नजानी बिदेशी धर्मको सुरक्षा गर्न तथा मौलिक नेपाली धर्म सस्कृतिको बदनाम कुप्रचार गर्न खटाएइका पात्र त होइनन भन्ने सम्म भ्रम आम नागरिकमा पर्न गएको छ जस्को क्षति आफ्नो राजनीतिक जीवनमा उनले र उनी सम्लग्न दलले निरन्तर भोग्दै आएको छ।

कृष्चियन भित्रको तहगत विभेद ब्राम्हण जस्तै पास्टर बारे नबोल्ने,कृष्चियन धर्मका नाममा यौन शोषण, कुरिती रुढिवाद बारे मौन रहने एवं मुस्लिम समुदाय भित्र रहेको बकरी इद (पशु हिंसा ) बारे नबोल्ने,महिला अत्याचार बारे मौन रहने तर हिन्दु धर्म सस्कृतीका मूल्य मान्यता कमजोरी बारे सुधारको प्रयास र चेतना बृध्दि नगरी निरन्तर नियोजित प्रकारको प्रचारवाजीमा जुट्नु चिन्ताको कुरा हो।
यज्ञादिमा धुप हाल्दा घिउको बिरोध गर्ने तर वातावरण प्रदुषण घटाउन धुपको महत्व बिर्सिने,मनु स्मृती स्वस्थानीका कतिपय कमजोरी फलाकिरहने तर विश्वकै प्राचिनत ज्ञान भण्डारको रुपमा परिचित वेद गिता महाभारत बिर्सने अनेक उदाहरण हाम्रो सामु छ्न ।
दशैमा लगाइने निधारको टीकाले थुप्रै मानिसहरूको भोजन पुग्थ्यो भनेर तर्क खडा गर्नु भनेको भोगवादी सस्कृती हो।नदि सागरलाइ गङ्गामाताको रुपमा ग्रहण गरिन्छ, छठ पर्वमा नदिमा थुप्रै कुराहरु अर्पण गरिन्छ, मृत्यु सस्कार पश्चात् पनि शेष नदि मै बगाउने चलन छ ।
हिन्दु धर्मका देउता रामको नाम समेत जोडिएका बाबुराम हिन्दु धर्म बिरुध्द यति बिघ्न असहिष्णु किन छन भन्दा धेरै पढेर पनि मान्छे बहुलाउछ भन्ने उक्ति सम्झना आउँछ।

संसार केवल मानिसहरुको लागि मात्र होइन नदी सागरमा थुप्रै जीव जिवात्माहरु हुन्छ्न जस्को लागि दुध पनि भोजन बन्छ। मानव जीवन प्रकृति बाट लिन मात्र होइन दिन पनि जन्मिएको हो भन्ने अर्थमा बुझ्न सके सनातन सस्कृतिहरुको बिशालताले विश्व ढाक्ने छ।
सर्वे भवन्तु सुखिन :