काठमाडौं,१० साउन । नेपालमा आइतबार थप २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८३४ नमुना परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना काेराेना संक्रमित निको भएका छन भने १८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ हजार ७१३ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर २७ हजार २६४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन भने २ हजार ६८० संस्थागत आइसोलेसनमा रहेका छन् । जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
नयाँ संक्रमितमध्ये ६२४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन् ।
यस्तै मोरङमा १८७, कास्कीमा ११४, सुनसरीमा ९४, बागलुङमा ७१, झापमा ६३ र रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सप्तरीमा २९, नुवाकोटमा २६, कञ्चनपुरमा १६, स्याङ्जामा १३, रौतहट र गुल्मीमा १२/१२, सिरहा र धादिङमा ११/११ तथा गोरखा र नवलपरासी पूर्वमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।







