बुटवल,१० साउन ।
सैनामैना नगरपालिकाका ९ सहित रुपन्देहीमा आइतबार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १८७ जनाको पिसिआर परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
सैनामैना नगरपालिकाका ९ जना,बुटवल उपमहानगरपालिकाका ६ जना,तिलोत्तमा नगरपालिका र कञ्चन गाउपालिकाका ३/३ जना,सिद्धार्थनगर नगरपालिकाका २ जना तथा देवदह नगरपालिका मायादेवी गाउपालिका र काेटहिमाई गाउपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २८ हजार ९९९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३३ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार १४१ जना काेराेना संक्रमित निको भइसकेका छन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टामा थप दुई जना काेराेना संक्रमितकाे मृत्यु भएको र यसअघि मृत्यु भएर गणना हुन छुटेका ३ सहित ५ जना काेराेना संक्रमितको मृत्युु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५११ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३४७ रहेको छ ।