दाङ,१० साउन । सर्पले डसेर दाङमा दुई वर्षीया बालिकाकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरी रहेकी छन् ।
उनलाई आफ्नै घरको आँगनमा खेल्दै गरेकाे अवस्थामा सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सर्पले डसेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








