बुटवल, ९ साउन ।
बुटवल कोरा २१ कार्यक्रम आयोजनाबाट संकलन भएको रकम मृगौला उपचारमा रहेकी एक जना युवालाई सहयोग गरिएको छ ।

काठमाण्डौ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेर उपचारमा रहेकी रुपन्देही कन्चन गाउपालिका वडा नं ५ की २६ वर्षिय आयुषा पाण्डेलाई ४७ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।

शनिबार एक कार्यक्रमका बिच कार्यक्रम संयोजक किरण श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, बुटवल युनाईटेड साईकल क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, साईकल सिटिका मनिष पाण्डे, बुटवल साईकल क्लबका अध्यक्ष शिव चौधरी, गणेश श्रेष्ठ, अभिषेक भारीले पत्रकार मनोरन्जन शर्मामार्फत रकम हस्तान्तरण गरेका हुन ।

युवा अवस्थाकी मृगौला समस्या देखिएकी पाण्डेलाई प्रत्यारोपणमा लाग्ने खर्चमा थोरै भएपनि योगदान दिन सफल भएको संयोजक किरण श्रेष्ठले बताए ।

संघिय योजना कार्यान्वन ईकाई कार्यालयमा करारमा सरकारी जागिर शुरु गरेकी उनलाई ३ वर्षअघि मृगौलाको समस्या देखिएको थियो । घरको जेठी छोरी भएकाले घर व्यवहार पनि पछिल्लोसमय उनकै काधमा थियो । बुवा केही समय भारतमा रोजगार थिए । घर व्यवहारमा मद्धत गर्दै आएकी छोरी बिरामी परेपछि परिवारमा बज्रपात भएको छ । बुबा स्वदेश फर्किएका छन । आर्थिक अवस्था सामान्य रहेको आयुषा करारको जागिरबाट उपचारकै क्रममा लामो बिदा लिइरहन पनि गाहे परेको उनि बताउछिन । प्रत्यारोपण गरेका र चिकित्सकहरुसँग बुझ्दा १५ लाख भए पुग्ने जानकारी पाएकी उनि केही सहयोग जुटाउन सफल भईन । आयुषाको उपचारमा सहयोग जुटाउन उनलाई मेघा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५ आयुषा पाण्डे वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० र ई सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न अनुरोध गरिन ।