बुटवल,९ साउन ।
बुटवल उपमहानगरपालिकाका १८ सहित रुपन्देहीमा शनिबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४०७ जनाको पिसिआर परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको बुटवल उपमहानगरपालिकाका १८ जना, तिलोत्तमा नगरपालिकाका १४ जना, देवदह नगरपालिकाका १० जना, सैनामैना नगरपालिकाका ४ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना र शुद्धोधन गाउपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २८ हजार ९७३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप २४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार १०८ जना काेराेना संक्रमित निको भइसकेका छन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५०६ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३५९ रहेको छ ।