काठमाडौं, ८ साउन । नेपालमा शुक्रबार थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६७८ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ३९ हजार ३६८ जना काेराेना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोराेना संक्रमितको मृत्‍यु भएको छ ।

नेपालमा हालसम्म ९ हजार ६७९ कोराेना संक्रमितको मृत्‍यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९, बागलुङमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा र म्याग्दीमा १६/१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११/११ जना र धादिङमा १० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।