बुटवल,८ साउन ।
तिलोत्तमाका १४ सहित रुपन्देहीमा शुक्रबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३७१ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको तिलोत्तमाका १४ जना, बुटवल उपमहानगरपालिकाका ९ जना, देवदह नगरपालिकाका ४ जना, सिद्धार्थनगर नगरपालिका , सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका २/२ तथा शुद्धोधन गाउपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २८ हजार ९२२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप ३५ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार ८४ जना काेराेना संक्रमित निको भइसकेका छन् ।
रूपन्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म रूपन्देहीका ५०६ जना काेराेना संक्रमितको मृत्यु भएको छ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३३२ रहेको छ ।







