पाल्पा,८ साउन । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक युवक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना रहेका छन् ।
उनी घरदेखि केही पर रहेको रक्सी पार्ने गैरा भन्ने ठाउँको खोल्सामा शुक्रबार बिहान साढे ६ बजे राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
बिहीबार दिउँसो साढे २ बजेतिर पशुलाई बिछ्याउने सोत्तर काट्न जंगलतिर गएका उनी राति अबेरसम्म घरमा नफर्किएपछि स्थानीयल खोजी गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।







