बुटवल,८ साउन ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बिभिन्न कसुरमा दाेषी ठहर भइ फरार रहेका ५ जना कसुरदारलाई पक्राउ गरेको छ ।
फरार अपराधी खोज्ने क्रममा उनिहरूलाई पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला अदालतको मिति २०६७ असार ९ गतेको फैसलाले जवर्जस्ती करणी मुद्धामा १० बर्ष कैद तोकिए पछि फरार रहेका बुटवल उपमहानगरपालिका ४ का स्थायी बासिन्दा ५८ वर्षिय पुर्ण बहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु १४ बाट पक्राउ गरिएको छ भने जिल्ला अदालतको मिति २०७७ माघ २८ गतेको फैसलाले बैंङकिङ कसुर मुद्धामा ५ दिन कैद र १२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पर्वत कार्कीनेटा ६ स्थायी ठेगाना भएका रुपन्देही बुटवल ८ बस्ने अशोक कुमार शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी रुपन्देही जिल्ला अदालतकोमिति २०७६ फागुन १४ गतेको फैसलाले बैंङकिङ कसुर मुद्धामा १५ दिन कैद र १४ लाख जरिवाना तोकिएपछि फरार भएका तिलोत्तमा ५ रुपन्देहीका ४२ वर्षिय एक नारायण अर्याल तथा जिल्ला अदालतको मिति २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा १० दिन कैद र ३६ लाख जरिवाना तोकिएपछि फरार रहेका बुटवल १३ रुपन्देहीका ४६ वर्षिय शिव कुमार रणलाईपनि प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अदालतकै मिति २०६७ माघ ४ गतेको फैसलाले लागु औषध ब्राउन सुगरमुद्धामा ५ बर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार प्रतिवादी बुटवल १३ का विशन रानालाई पनि पक्राउ गरि अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीको एसओपी अभियानबाट बिहिबार फरक फरक मुद्दामा १५ वर्ष ३० दिन सजाँय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएका ५ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता थापाले बताए ।
अदालत तथा जिल्ला प्रशासनमा मुद्दा हारेपछि फरार रहेकाहरुलाई प्रहरीले फरार अप्रेशन अभियान (एफओपी) संचालन गरेर खोज्ने र सजाँय दिलाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गत बैशाख यता प्रहरीले २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिएर सम्बन्धित निकयमा बुझाएको प्रहरीले जनाएको छ ।








