काठमाण्डाै,८ साउन । आज पनि लुम्बिनी, वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा माैसम विज्ञान विभाग, पुर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेकोले आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाको अनुमान छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।