बुटवल,६ साउन ।
रुपन्देहीको कञ्चन गाउपालिकामा तत्कालिन रुद्रपुर गा.बि.स.का जनसरकार प्रमुख सहित ६५ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन ।
नेपाली कांग्रेस कञ्चन वडा ५ वडा समिति रुपन्देही द्वारा बुधबार आयोजित पार्टी प्रबेश कार्यक्रममा तत्कालिन रुद्रपुर गा.बि.स.का गाउ जनसरकार प्रमुख हुम बहादुर घर्ति मगर र गाउ जनसरकारका सदस्य टोप बहादुर घर्ति मगर सहित नेकपा र नेकपा एमालेका गरी ६५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनीधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले अन्त त मुलुकमा नेपाली कांग्रेसको बिकल्प नभएको भन्दै नेपाली कांग्रेसले नै देशलाई समृद्धि तर्फ लैजाने बताए ।
उनलेे नेकपा एमाले र नेकपा माओवादीलाई जनताले देशमा स्थायी सरकार संचालन गरी जनताको सेवा गर्न बहुमत दिए पनि जनताले दिएको बहुमतलाई सदुपयोग गर्न नसकेको र आफ्नै घर झगडाका कारण सत्ता संचालन गर्न नसकेको आरोप लगाए ।
नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले नेपाली जनताको लोकपृय पार्टी नेपाली कांग्रेसनै भएकोले अव कांग्रेसको बिकल्प नभएको बताए । नौ लाख पार्टीको क्रियाशिल सदस्य भएको र गाउ गाउ सम्म नेपाली कांग्रेसको पहुंच भएका कारण पनि अवको चुनावमा नेपाली कांग्रेस एकछत्र बिजय हुने बताउदै नेता पोख्रेलले सर्बहाराको पार्टी भएको दावी गर्ने कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि जनतालाई रैतीको रुपमा लिएकाे आराेप लगाए ।जनतालाई रैतीकाे रूपमा व्यवहार गरेकै कारण बहुमत प्राप्त नेकपा एमालेको सरकार ३ बर्षमै सत्ताच्युत हुनु परेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस कञ्चन वडा नं ५ वडा समिति अध्यक्ष लोकराज पौडेल(गणेश)को अध्यक्षता तथा गिरी प्रसाद पुनको संचाचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य देबिराम रेग्मी, नेपाली कांग्रेसका बासुदेव पौडेल लगायतले नेपाली कांग्रेसमा प्रबेश गरेका नव प्रबेशीहरूलाई स्वागत गर्दै पार्टीको नीति तथा कार्यक्रम अनुसार सहयात्रा गर्दै जाने बताए ।








