बुटवल,६ साउन ।
तिलोत्तमा नगरपालिकाका १३ सहित बुधबार रूपन्देहीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १६६ जनाको पिसिआर परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ८८० पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाका १३ जना, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका ९÷९ जना, कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका २÷२ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ६ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म २८ हजार ४६ जना कोरोना संक्रमित निको भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।