काठमाडौं,६ साउन, ।
नेपालमा बुधबार थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८,७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ६ लाख ३६ हजार ४०२ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ हजार ६३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेको छ । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आज कुन जिल्लामा कतिजनामा कोरोना संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङमा २९ , जुम्लामा २७, कैलालीमा २६, काभ्रे र दाङमा २५÷२५ जना, मोरङमा २१, धादिङ, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा १९÷१९ जना, दोलखा र कञ्चनपुरमा १८÷१८ जना, धनकुटा र बर्दियामा १६÷१६ जना, नुवाकोटमा १५, लमजुङ र स्याङजामा १४÷१४ जना, म्याग्दी र गुल्मीमा १३÷१३ जना र रसुवामा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।