दाङ,६ साउन ।
दाङमा सिँचाइका लागि बनाएको कृतिम जलाशय/बाँध (ड्याम) बाँधमा डुबेर एक जना बेपत्ता भएका छन् ।
बुधबार बिहान घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा साेही गाउँका एक जना डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका व्यक्तिको स्थानियबासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।







