बुटवल,५ साउन । ​
बुटवल उपमहानगरपालिकाका ११ सहित मंगलबार रूपन्देहीका २८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २४४ जनाको पिसिआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ८४४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका ११ जना,तिलाेत्तमा नगरपालिकाका ९ जना,देवदह नगरपालिका र सैनामैना नगरपालिकाका २/२ जना,सिद्वार्थनगर नगरपालिका,कञ्चन गाउपालिका,ओमसतिया गाउपालिका र सुद्दाेधन गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४८ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २८ हजार ४० जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०६ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २९८ जना सक्रिय संक्रमित रहेका छन् ।