अर्घाखाँची,५ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले पाँच दलको कार्यगत एकताले मुलुक मास्न उद्द्त प्रतिगमनको पराजय भएको बताउनुभएको छ ।
नेपालको राजनीतिमा भारतको गोटी बनेका निवर्तमान प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन मात्र नभई मुलुकको व्यवस्था नै मास्ने योजना बनाएको आरोप लगाउदै अध्यक्ष के.सी.ले त्यसैको विरुद्ध बनेको ५ दलिय गठबन्धन सफल भएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज आयोजना गरेको भर्चुअल प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष के.ले उक्त कुरा बताएका हुन् ।
प्रतिगमनलाई परास्त गरि मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नुनै गठबन्धनको मुख्य उदेश्य रहेको बताउँदै अध्यक्ष के.सी.ले बाहिर आएका कुनैपनि भ्रमको पछाडी नलाग्न नेता,कार्यकर्ता र शुभ-चिन्तकलाई आग्रह समेत गरे । गठबन्धन भन्दैमा आफ्नो पार्टीले आखा चिम्लेर समर्थन नगर्ने भन्दै उनलेे देउवाको सरकारले राष्ट्र र जनहीत बिपरित कदम चालेमा तत्काल भन्डाफोर गरिने चेतावनी दिए ।
आफुले सम्झौता गरेको एमसीसी पास गर्ने देउवाको योजना हुन सक्ने आसङका व्यक्त गर्दै अध्यक्ष के.सी.ले एमसीसी र संघियताको विरुद्ध आफुहरुको संघर्ष जारी रहेको जानकारी गराए ।
एक फरक प्रसङ्गमा अध्यक्ष के.सी.ले संसदिय व्यवस्था बाट नेपाल र नेपालीको मुक्ति नहुने भन्दै नयाँ क्रान्तिको निम्ति पार्टीलाई अझ सशक्त बानाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,कोषाध्यक्ष यमलाल पोख्रेलको स्वागत मन्तव्य र उपाध्यक्ष गोपाल पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा राजमो महासचिव मनोज भट्ट र नेता शुरेस थापाले विशेष प्रशिक्षण दिएका थिए ।