काठमाण्डाै,५ साउन ।
नेपालमा तीन हजार १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०२ जना र चार हजार २९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०६ जना गरी तीन हजार १०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख २१ हजार ६१७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा निकाे हुने कोरोना संक्रमितको सङ्ख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ४१९ रहेको छ ।