बुटवल,५ साउन ।
हरिशयनी एकादशीको अवसर पारेर लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले सिद्धबाबा मन्दिर बुटवलमा (तल्लो सिद्धबाबा) तुलसीका बिरुवा रोपिएको छ ।

पछिल्लो समयमा युवाहरूमा धर्म संस्कृतीप्रति आस्था हराउँदै गएको बताउँदै यसलाई जगेर्ना गर्ने उदेश्यले बहुउपयोगि तुलसीका बिरुवा रोपिएको क्लबका अध्यक्ष श्रीधर बस्यालले बताए ।
तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने र यो स्वस्थ जीवनका लागि एकदम महत्वपूर्ण रहेकाले लोप हुन लागेको तुलसी सबैको घरमा लगाउन बस्यालले आग्रह गरे ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपाल एरिया ४ रिजन १८ का चियरपर्शन किरण थापाले क्लबहरूले यस्तो धार्मिक कार्यलाई प्राथामिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । सिद्धबाबा धामका पुजारीले क्लबको यस्तो पवित्र कार्यको प्रशंसा व्यक्त गरेका थिए ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका वर्तमान अध्यक्ष बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन पवित्रा भुसालले गरेकी थिइन भने सञ्चालन क्लबका सचिव महेश ज्ञवालीले गरेका थिए ।







