दाङ,५ साउन ।
प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैकेका बोमबहादुर थापा मगरका ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुम बहादुर थापा मर्साङी मगरका ७ वर्षीया छोरी सर्मिला थापा मगर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको प्रहरीले जनाएको छ।
घरबाट बाख्रा चराउन गएका उनिहरू नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले बताएका छन् । बेपत्ता बालिकाहरुको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।








