काठमाण्डौ,५ साउन ।
आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमकाे तुलनामा आज पूर्वी क्षेत्रमा बढी बर्षा हुने महाशाखाको अनुमान छ ।
आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पर्सि बिहिवारदेखि भने केही दिन कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उनलेे बताइन् । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।






