बाग्लुङ,५ साउन । बाग्लुङकाे एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको मृत्युु भएको छ ।
मृत्युु हुनेमा गलकोट नगरपालिका–७ मल्म स्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्ती रहेका छन् ।

उनीहरुको विषाक्त जाँडरक्सी सेवन गरेका कारण मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेकाे बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । बिरामी परेका ३८ वर्षका खेमराज घर्ती र २६ वर्षका रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।