बुटवल,४ साउन । ​
तिलाेत्तमा नगरपालिकाका २१ सहित साेमबार रूपन्देहीका ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २३५ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ८१६ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका २१ जना, बुटवल उपमहानगरपालिकाका १६ जना,देवदह नगरपालिका ३ जना,सिद्वार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४७ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ९९२ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा १ जना काेराेना संक्रमितकाे मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०६ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।