काठमाडौं,४ साउन ।
नेपालमा साेमबार थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जना र ३ हजार ८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २५८ जना काेराेना संक्रमित निकाे भएका छन् भने ३२ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३३०, सुनसरीमा १८४, कास्कीमा १६०, झापामा १२ ९ र मोरङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ८८, चितवनमा ७२, ललितपुरमा ५६, मकवानपुरमा ५३, नवलपरासी पुर्वमा ५१, धादिङमा ४४, रुपन्देहीमा ३६, नुवाकोटमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
कैलालीमा २८, गोरखामा २५, दोलखामा २१, धनुषामा १७, ओखलढुंगामा १५, कञ्चनपुरमा १३, गुल्मीमा १२, धनकुटा, स्याङजा र दाङमा ११/११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







