बुटवल,४ असार । लुम्बिनी प्रदेशको तिनाउ बबई सहित आज महाकाली, कर्णाली, नारायणी, कोशीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी, दूरपश्चिम र प्रदेश १ का केही ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाको प्रक्षेपण छ ।