बुटवल,३ असार ।
रूपन्देहीमा अझै १४८ जना कुष्ठरोगीहरू उपचाररत रहेकाे त्यससँग सम्बन्धित निकायले जनाएको छ ।

कार्यालय रूपन्देहीद्वारा आइतबार बुटवलमा आयाेजित पत्रकार लक्षित कुष्ठराेग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कुष्ठराेग निदान तथा उपचारमा संलग्न रहदै आएको द लेप्राेसी मिशन नेपालका जिल्ला संयाेजक सुदिप नेपालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चलेपनि रूपन्देहीमा अझैपनि बिरामीहरू देखिईरहेको भन्दै उनलेे रूपन्देहीमा अझै पनि १४८ जना कुष्ठराेगि उपचार भैरहेको र त्यसमा बुटवलका मात्रै ३१ जना रहेको जानकारी दिए ।
रूपन्देहीका सबै पालिकाहरूमा कुष्ठराेगिहरू रहेको जानकारी गराउदै संयाेजक नेपालले जिल्लाकाे तिलाेत्तमा नगरपालिकामा १९ जना,देवदह नगरपालिका र राेहिणी गाउपालिकाका १२/१२ जना,सिद्वार्थनगर नगरपालिकाका ११ जना,सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका ९/९ जना,सम्मरिमाई गाउपालिका र सुद्वाेधन गाउपालिकाका ६/६ जना,मर्चवारीमाई गाउपालिकामा २ जना कुष्ठराेगिहरूले आैषधी सेवन गरिरहेकाे प्रस्तुत तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका कुष्ठरोग फोकल पर्सन टिकाराम अधिकारीले जिल्लामा कुष्ठरोगीहरूको संख्या घटाउन पहल भइरहेको भन्दै त्यसका लागि पत्रकारहरूकाे भुमिका महत्त्वपूर्ण रहेको बताए ।
कुष्ठरोगमुक्त जिल्ला घोषणा हुनका लागि प्रतिदशहजारमा १ भन्दा कम ब्यक्तिमा रोग हुनुपर्ने भएपनि जिल्लामा १.३७ प्रतिदशहजार रहेकोले मुक्त भइनसकेको उनलेे जानकारी दिए ।

अझैपनि कुष्ठरोग श्रापकै कारणले लाग्छ भन्ने पुरानो मानसिकताले कुष्ठरोगी नखुलेको बताउँदै उनले यो रोग उपचार गरेमा निको हुने बताए । कार्यक्रममा द ल्याप्रोसी मिसन नेपालका रूपन्देही र कपिलवस्तु संयोजक सुदीप नेपालले कुष्ठरोगको पहिचानको बारेमा जानकारी गराएका थिए।

द लेप्राेसी मिशन नेपाल, युकेएड र स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजना एवं पत्रकार महासंघ रूपन्देहीको समन्वयमा भएको पत्रकारहरू लक्षित कुष्ठरोग अभिभुखिकरण कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेखरेलले कुष्ठराेग लगायत बिभिन्नखाले राेगबाट बचाउन पत्रकारहरूले आ आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्वता जनाए ।